काठमाडौं । गत १५ जूनमा भएको लद्दाखको हिंसात्मक झडप पछि २९ ३० तारिखको राती ७५ दिनपछि फेरी चीन भारत सीमावर्ती क्षेत्र लद्दाखमा दुई देशबीच भलडप भएको छ ।

उक्त झडप पछि दुबै देशले सीमामा सैन्य शक्ति बढाएका छन् ।

चीनले झडप पछि जे २० तैनाथ गरेको छ भने भारतले पनि राफेल र सुखोई ३० एमकेआई तैनाथ गरेको जनाएको छ ।

यी दुबै देशबीचमा गत जुन १५ मान चीन भारत सीमावर्ती क्षेत्र लद्दाखको पूर्वी भागस्थित गलवान घाटीमा हिंसात्मक झडप भएको थियो ।

उक्त झडपमा २० भारतीय सेनाले ज्यान गुमाएका थिए ।

पछिल्लो झडप भने भारतले चीनका सैनिकले सीमा पार गरेको बताएको छ भने चीनले आफ्ना सेनाले सीमा पार नगरेको बताउँदै आएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया