कानून परिवर्तन गर्दै बेलायतले तोक्यो अक्सफोर्डको कोरोना ‘भ्याक्सीन’ आउने मिति

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा .व्याप्त छ ।

चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा फैलिसकेको छ ।

वैज्ञानिकहरु कोरोविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि अहिलेसम्म पूर्ण सफलता हात लाग्न सकेको छैन ।

यसैबीच बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बनाईरहेको कोरोना भ्याक्सीन अबको ६ हप्तामा बजारमा आउन सक्ने बताइएको छ ।

बेलायत सरकारले कोरोना भ्याक्सीन अबको ४२ दिनमा बनाएर तयार गरिने बताएको हो ।

भ्याक्सीन छिटो भन्दा छिटै पाइयोस् भनेर बेलायतको कानून नै परिवर्तन गरेर भ्याक्सीन बजारमा ल्याइन लागिएको हो ।

बेलायतका भ्याक्सीन टास्कफोर्सका प्रमुख केट बिंघमले कोरोनाको भ्याक्सीनलाई लिएर आफू आशावादी रहेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?