लद्दाखमा भएको झडपबारे चिनियाँ विदेशमन्त्रालयको यस्तो जवाफ

काठमाडौं । चीन-भारत सीमावर्ती क्षेत्र लद्दाखमा फेरि एकपटक चीन र भारतबीचमा झडप भएको छ ।

ईस्टन लद्दाखको प्यांगोंग क्षेत्रमा दुबै देशका सैनिकको बीचमा २९/३० अगस्टको राती झडप भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

साथै उक्त झडप पछि चीनले उक्त क्षेत्रमा जे-२० जेट तैनाथ गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । साथै चीनको विदेश मन्त्रालयले आफ्ना सेनाले सीमा पार नगरेको बताएको छ । एक विज्ञप्ती जारी गर्दै आफ्ना सेनाले लद्दाखको सीमा पार नगरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको हो ।

गत १५ जूनमा पूर्वी लद्दाखको गलवान घाटीमा भएको चीन-भारतबीचको हिंसात्मक झडपमा २० भारतीय सैनिकले ज्यान गुमाएका थिए । चीनको तर्फबाट भने केहि जानकारी आएको थिएन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?