कोरोनाको प्रकोप : अमेरिकामा ह्वात्तै घटे कोरोना संक्रमित र मृतक

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

हालसम्म कोरोना भाइरसका कारण विश्वमा ८ लाख ५० हजार ५०३ जनाको मृत्यु भएको छ भने २ करोड ५३ लाख ८२ हजार ७७४ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै १ करोड ७७ लाख ४ हजार ८३३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार १०८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ८७ हजार २२४ जनाको मृत्यु भएको छ भने ६१ लाख ७३ हजार २३६ जनालाई संक्रमण भएको छ भने ३४ लाख २५ हजार ७२३ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख ६० हजार २८९ जना उपचाररत छन् । त्यस्तै अमेरिकामा १५ हजार ९९६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १२ हजार ९३८ जनाको मृत्यु भएको छ भने ७ लाख ५ हजार ८६६ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै टेक्सासमा अहिलेसम्म १२ हजार ८५५ जनाको मृत्यु भएको छ भने ६ लाख ३८ हजार ९४७ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै फ्लोरिडामा अहिलेसम्म ६ लाख २१ हजार ५८६ जनालाई कोरोना संक्रमण भएको छ भने ११ हजार १२५ जनाको मृत्यु भएको छ ।

अमेरिकामा आईतवार ३३ हजार ९८१ जना संक्रमित थपिएका छन् भने ३६९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?