परम्परा तोड्दै पाकिस्तानी प्रधानमन्त्रीको स्वागत

काठमाडौं, २२ फागुन-नेपालले यसअघिको परम्परालाई तोड्दै पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासीलाई नेपालमा स्वागत गरेको छ । यसअघि विदेशी अति विशिष्ट पाहुनालाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्ष परिसरमा दिइँदै आएको सम्मान गारथ ‘गार्ड अफ अनर’ पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुँडिखेलमादिइएको छ ।३ फागुनमा प्रधानमन्त्रीको शपथ लिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन नेपाल आएका अब्बासीको अर्थमन्त्री डा. युवराज खतिवडाले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । पाकिस्तानी प्रधानमन्त्रीको स्वागतमा अर्थमन्त्री डा. खतिवडासहित परराष्ट्रसचिव शंकरदास बैरागीसहितका उच्च अधिकारी विमानस्थल पुगेका थिए, राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?