फ्रान्समा कोरोना फेरि भयावह हुन थाल्यो

कोरोना भाइरसको महामारीले फ्रान्समा फेरि चिन्ता थपिएको छ । सो देशमा शुक्रबार संक्रमित हुनेको संख्या विगत ५ महिनायताकै सर्वाधिक रहेको समाचारमा जनाइएको छ ।

राष्ट्रपति इम्मानुुयल माक्रोनले देशलाई अर्को लकडाउनबाट जोगाउनका लागि सक्दो सबै कोसिस गरिने बताएका छन् । शुक्रबार ७ हजार ३ सय ७९ जनामा संक्रमण देखियो, फ्रान्समा मार्च ३१ मा सर्वाधिक ७ हजार ५ सय ७८ जनामा संक्रमण देखिएको थियो । अहिलेको संख्या त्यसयताको सर्वाधिक हो ।

त्यस्तै २० जनाले शुक्रबार ज्यान गुमाए । फ्रान्सले यसअघि मार्चयता पहिलोपटक विद्यालय खोल्ने तयारी गरेको थियो । अवस्था सामान्य नै रहेको भए आगामी साता मंगलबारबाट विद्यालय खोल्ने योजना बनेको थियो । तर, सिंगो युरोपमै महामारीको दोस्रो लहर फैलिएका बेला फ्रान्समा भयावह अवस्था सिर्जना भयो । पोर्चुगलमा पनि कोरोना भाइरस संक्रमितको संख्या बढ्दै छ । त्यस्तै, बेलायत सरकार पनि संक्रमितको संख्या बढ्नसक्ने भयमा छ ।

संक्रमितको बढ्दो संख्याले विभिन्न देशका सरकारलाई फेरि सटडाउट गर्न बाध्य बनाउने सम्भावना पनि निम्त्याएको छ । फ्रान्सका राष्ट्रपति माक्रोनले कुनै पनि परिस्थितीलाई स्विकार गर्न सकिने अवस्था नरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?