कम लक्षण भएका कोरोना संक्रमितलाई ज्यानको खतरा धेरै हुनसक्ने वैज्ञानिकको चेतावनी !

काठमाडौं । चीनको वुहानमा गत वर्षको डिसेम्बर अन्ति साता देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा फैलिसकेको छ ।

विश्वका वैज्ञानिक तथा डाक्टरहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन लागि परेका छन् । तर अहिलेसम्म कुनै सफलता हात लाग्न सकेको छैन ।

यसैबीच वैज्ञानिकहरुले विभिन्न अध्ययन अनुसन्धानहरु गरिरहेका छन् ।

covid-19_vaccine_01.jpg

कोरोना भाइरसले हरेक दिन जसो ने आफ्नो रुप परिवर्तन गरिरहेको छ । केहि मानिसहरु बिना कुनै लक्षण पनि कोरोनाबाट संक्रमित भएका छन् ।

हालै मात्र भएको एक अध्ययनका अनुसार कोरोना भाइरसले शरीरको अंगमा फरक फरक तरिकाले हमला गरेको पाइएको छ ।

साथै यो अध्ययनबाट वैज्ञानिकहरुले कम लक्षण भएकाहरुलाई ज्यानको खतरा रहेको बताएका छन् ।

covid-19_02.jpg

एम्सको न्यूरोलोजि डिपार्टमेण्टका प्रमुख डाक्टर एमबी श्रीवास्तवले ३५ वर्षका कोरोना संक्रमित तर कुनै पनि लक्षण नभएकाको बारेमा शोध गरेका थिए ।

उनलाई मात्र टाउको दुख्ने र उल्टी हुने गर्दथ्यो । तर अनुसन्धानका क्रममा उनको नशामा रगत जमेको पाइएको थियो ।

साथै उनको ज्यानलाई पनि खतरा रहेको पाइएको हो । यो भाइरस ब्रेन, किड्नी, लीभर, हार्ट, ब्लड वेसल्स, आँखा र छालामा हमला गर्ने गरेको पाइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?