को हुन् डब्ल्यूएचओका प्रमुख टेड्रोस ?

काठमाडौं । कोरोना भाइरससँग लड्नको लागि सारा विश्व विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को गाइडलाइन फलो गरिरहेका छन् ।

यसैबीच डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अधोनोम घेब्रेयेससको बारेमा हामीले जान्नैपर्छ । जसलाई डाक्टर टेड्रोसको नामले धेरै जानिन्छ ।

डाक्टर टेड्रोसको जन्म ३ मार्च १९६५ मा भएको थियो । उनले अन्तर्राष्ट्रिय स्तरमा मलेरियाको रिसर्च गरेका थिए । यसका लागि उनले ‘American Society of Tropi-cal Medicine and Hygiene’ द्वारा यंग इन्भेस्टिगेटर अफ द इयरबाट सम्मान पाएका थिए । सन् २०१७ बाट उनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशकको पद सम्हालेका थिए ।

उनी विश्वका प्रसिद्ध डाक्टरहरुमा गनिन्छन् । यो भन्दा पहिला उनी अफ्रिकाका पहिलो नन फिजिशियन डाक्टरको रुपमा काम गरेका थिए ।

उनी इथियोपिया सरकारमा २००५ बाट २०१२ सम्म स्वास्थ्य मन्त्री र २०१२ बाट २०१६ सम्ममा विदेश मन्त्री रहेका थिए ।

उनको जन्म अस्मारामा भएको थियो । जो त्यो समयमा इथियोपिया (इस्ट अफ्रिका) मा थियो । तर अहिले इरिट्रियाको राजधानी हो ।

कलेज पछि टेड्रोस जूनियर पब्लिक हेल्थ एक्सपर्टको स्वास्थ्य मन्त्रालयमा सामेल भएका थिए । त्यसपछिको अध्ययनको लागि उनी लण्डन गएका थिए ।

उनले सानै उमेरमा मलेरियाको बारेमा पत्ता लगाएका थिए । उनले यो कति खतरा छ र यसबाट मृत्यु पनि हुन सक्छ भन्ने कुरा पत्ता लगाएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?