काठमाडौं । बेलायतमा अवकाशप्राप्त एक कुकुरलाई भिक्टोरिया क्रस सरहको उच्च सम्मान दिइने निर्णय भएको छ । अलकायदा विद्रोहीहरुसँग लडिरहेका बेलायती सैनिकलाई जोगाउने क्रममा यो कुकुर घाइते भएको थियो ।
२०१९ मा कम्पाउन्डमा भएको हमलाका दौरान यो कुकुरको पछाडिपट्टीका दुुबै खुुट्टामा गोली लागेको थियो । त्यसमध्ये एउटा खुुट्टा अहिले पनि चल्न सक्दैन ।
बेलायती सैनिकमाथि अलकायदाले आक्रमण गरेलगत्तै कुनोले एक विद्रोहीलाई लखेटेको थियो । त्यसपछि ती विद्रोहीले कुनोमाथि गोली हाने । यतिबेलासम्म बेलायती सैनिकहरुले पनि अलकायदालाई जवाफ फर्काएर आफ्नो मिशन पूरा गरिसकेका थिए । सुरक्षाको कारण देखाउँदै बेलायती रक्षा मन्त्रालयले अझै घटनास्थल भने सार्वजनिक गरिसकेको छैन ।
घटनापछि ह्यान्डलरले कुनोलाई तत्कालै उपचार गरेका थिए, त्यसपछि आरएएफ प्लेनमार्फत विशेष उपचारका लागि कुनोलाई बेलायत नै झिकाइयो । धेरैपटक कुनोको शल्यक्रिया गयिो अनि उसलाई कृतिम खट्टा समेत लगाइयो । हाइड्रोथेरापी, ट्रेडमिललगायत सेशनसहितको पुुनस्र्थापना कार्यक्रमपछि अहिले कुनो स्वस्थ भएको छ । उसले अवकाशको जीवन बताइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया