काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
अहिलेसम्म विश्वमा कोरोना भाइरसका कारण ८ लाख ४१ हजार ३३१ जनाको मृत्यु भएको छ भने २ करोड ४९ लाख ८ हजार ९७५ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै १ करोड ७२ लाख ९८ हजार ४०४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६१ हजार १९४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ६२ हजार ७१३ जनाको मृत्यु भएको छ भने ३४ लाख ६१ हजार २४० जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै २६ लाख ४७ हजार ५३८ जना संक्रमण मुक्त भएका छन् भने ७ लाख ५० हजार ९८९ जना उपचाररत छन् ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै भारतमा शुक्रवार मात्रै हालसम्मकै धेरै संक्रमित थपिएका छन् ।
शुक्रवार भारतमा ७६ हजार ६६५ जना संक्रमित थपिएका हुन् । त्यस्तै १ हजार १९ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया