काठमाडौं । न्युजिल्यान्डको क्राइस्टचर्चस्थित दुईवटा मस्जिदमा गोलाबारी गर्ने ब्रेन्टन टारान्टविरुद्ध आजीवन जेल सजायको फैसला भएको छ । १५ मार्च २०१९ मा उनले दुई मस्जिदमा छिरेर मनपर्दी गोली चलाउँदा प्रार्थना गर्न आएका ५१ जनाको ज्यान गएको थियो ।
न्युजिल्यान्डमा कुनै पनि व्यक्तिविरुद्ध जीवनभर जेलबाहिर निस्कन नपाउने सजाय भएको यो पहिलो घटना हो । २९ वर्षीय टारान्ट अस्ट्रेलियाली नागरिक हुन् । सजायको फैसला सुनाउनुअघि न्यायाधिस क्यामरुन मन्देरले टारान्टलाई क्रुर, निदर्यी र मानवता नभएको व्यक्ति भने ।
टारान्टले पहिले अल नुर मस्जिद र त्यसपछि लिनउड इस्लामिक सेन्टरमा प्रार्थना गर्न आएकाहरुलाई मेसिनगनमार्फत गोली हानेका थिए । १५ मार्चमा भएको यस घटनामा ५१ जनाको मृत्यु भयो भने धेरैजना घाइते भए । टारान्टले १७ मिनेटसम्म यस हमलाको फेसबुकमार्फत लाइभ पनि गरेका थिए ।
फेसबुकले पत्तो पाएपछि लाइभ स्ट्रिमिङलाई हटायो । आक्रमण गर्नुअघि उनले अन्य समुदायप्रति घृणा फैलाउने र स्वेत सर्वोच्चताको पक्षपोषण गर्नेगरी लामो दस्तावेज नै तयार गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया