‘भ्याक्सीन’ आउनु पूर्व नै अमेरिकाले गर्यो ४५ हजार करोडको ‘डील’

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ ।

यो महामारीको कालमा हामीले धेरै नयाँ शब्दहरु सुनिइरहेका छन् । जस्थै क्वारेन्टाइन, सोसल डिस्टेन्सिङ, कोभिड, एल्बो बम्प (हात मिलाउनेको साटो कुहिनो ठोक्काउने) यस्ता शब्दहरु अहिले हामीले धेरै सुनिरहेका छौँ । यसैबीचमा एक अर्को नयाँ शब्द आएको छ भ्याक्सीन नेशनलिज्म (भ्याक्सीन राष्ट्रवाद) ।

जब कोहि धनी देश वा विकसीत देशहरु कुनै भ्याक्सीन बन्नु अगाडि नै भ्याक्सीन डील गर्दछन् । त्यसैलाई भ्याक्सीन नेशनलिज्म भनिन्छ ।

अहिले यो शब्द धेरै चर्चामा छ । यो वर्षको अन्त्यसम्ममा कोरोनाविरुद्धको भ्याक्सीन आउने आश गरिएको छ ।

रुसले कोरोनाविरुद्धको भ्याक्सीन बनाइसकेको दाबी गरेको छ भने चीनले पनि आफ्नो भ्याक्सीनले कोरोनाका बिरामीहरुमाथि काम गर्ने बताएको छ ।

अमेरिका, बेलायतसहितका केहि देशहरु भने भ्याक्सीनको ट्रायलमा छन् । यसै हप्ता एक प्रेस कन्फ्रेन्सिङ्गको मार्फत डब्ल्यूएचओका प्रमुख टेड्रोस अधोनम घेब्रेयेससले संसारका सबै देश भ्याक्सीन नेशनलिज्मबाट बच्न आग्रह गरेका थिए ।

उनले भने, ‘हामीले भ्याक्सीन नेशनलिज्मलाई रोक्न आवश्यक छ, किनभने रणनीतिक रुपमा सप्लाई गर्नु ने बास्तवमा सबै देशको लागि हितकारी छ ।’

यसैबीच अमेरिकाले अक्सफोर्ड एस्ट्रजेनेकाको भ्याक्सीन एजेडडी १२२२ १ं२ अर्ब डलरको डील गरेको छ ।

त्यस्तै बेलायतले अक्सफोर्डले आफ्नै देशमा भ्याक्सीन बनाईरहे पनि अर्को देशबाट भ्याक्सीनको माग गरेको छ ।

उसले ९ करोड डोजका लागि अमेरिकाको बायोटिक कम्पनी नोवाभ्इाक्ससँग डील गरेको छ । यूरोपीयन यूनियनले ६० करोड डोज पहिल्यै किन्ने सम्झौत भईसकेको छ ।

त्यसमा ३० करोड अक्सफोर्डबाट र ३० करोड डोज फ्रान्सको फार्मास्यूटिकलबाट रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?