काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोनाविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिएका छन् । तर पनि पूर्ण रुपमा सफलता भने पाउन सकेका छैनन् ।
यसैबीच फ्रान्सका प्रधानमन्त्री ज्याँ कास्तेले बिहीवार १६ नयाँ क्षेत्रलाई रेड जोन घोषणा गरेका छन् ।
योसहित देशमा २१ रेड क्षेत्र भएका छन् । उनले फ्रान्समा फेरि संक्रमणको केस बढीरहेको पनि बताएका छन् ।
देशमा सेप्टेम्बरबाट स्कूल खोल्ने अनुमति दिइने बताइएको छ । स्कूल खोल्नेलाई लिएर नयाँ गाइडलाइन जारी गरिएको छ ।
६ वर्ष भन्दा माथिका सबै बच्चाहरुले मास्क लगाउन अनिवार्य गरिने भएको छ ।
फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५९ हजार ६९८ रहेको छ भने ३० हजार ५७६ जनाको मृत्यु भएको छ ।
त्यहाँ ८५ हजार ९८४ जना संक्रमण मुक्त भएका छन् भने १ लाख ४३ हजार १३८ जना उपचाररत छन् । त्यहाँ ३८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया