शक्तिशाली समुन्द्री आँधीका कारण अमेरिकामा चार जनाको मृत्यु

काठमाडौं । अमेरिकामा आएको एक शक्तिशाली समुन्द्री आँधीका कारण लुइजियाना राज्यमा हालसम्म चार जनाको मृत्यु भएको छ।

अहिले अमेरिकामा लरा नामक आँधीले पुर्‍याएको क्षति आँकलन गर्ने काम भइरहेको छ ।

साथै लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागी भएपछि स्थानीय मानिसहरूलाई सावधान गराइएको छ।

लगभग २४० किलोमिटर प्रतिघण्टा बेगमा आएको हावाहुरीले निकै क्षति पुर्‍याएको छ बताइएको छ ।

त्यहाँको पाँच लाख घर-परिवारमा बिजुली आपूर्ति अवरुद्ध भएको छ भने एउटा औद्योगिक रसायन कारखानामा आगलागी भएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त क्षेत्रको भ्रमण गर्ने बताएका छन् ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?