काठमाडौँ, २१ फागुन- नेपाल कम्युनिष्ट पार्टीका पोलिट्व्यूरो सदस्य तथा लुम्बिनी व्यूरो ईन्चार्ज चन्द्रबहादुर चन्द विरजंगले सहिदका सपनाहरु पूरा गर्ने दिन आएको बताएका छन् ।राज्यको परिवर्तनको लागि लडेका सहिदहरुका परिवारलाई आज राज्यले अपमान गरेको भन्दै चन्दले आफूहरु सहिदले देखाएको बाटोमै अगाडी बढेको र सहिदका सपना पूरा गरिछाड्ने प्रतिबद्धता गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले आयोजना गरेको सहिद तथा बेपत्ता योद्धा परिवार सम्मान कार्यक्रममा बोल्दै नेता चन्दले नेकपाका महासचिव विप्लव, स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला तथा अन्य नेताहरुको घरमा पक्राउ पूर्जी टास गरेको भन्दै आफूहरुले पनि प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालको घरमा पूर्जी टास्ने चेतावनी दिए ।उनले पछिल्लो समय राज्यले नेपाल कम्युनिष्ट पार्टीका नेताहरुका घरमा पुर्जी टास्ने, अनावश्यक धरपकड गर्नु राज्यले आफूलाई कमजोर भएको महसुस गरेको भन्दै प्रचण्डले भ्रष्टचार निर्मुल पार्ने भनेर दिएको अभिव्यक्ती हास्यास्पद रहेको बताए । कार्यक्रममा जिल्ला ईन्चार्ज शरद वली, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष घनश्याम पाठक, सहिद तथा बेपत्ता परिवार समाजका अध्यक्ष जया पौडेल लगायतले सहिदका सपानाहरु पूरा गर्न दृढतापूर्वक लाग्नुपर्नेमा जोड दिएका थिए ।१० बर्षे जनयुद्धम रुपन्देहीमा ६९ जना सहिद तथा बेपत्ता भएका थिए । सहिद तथा बेपत्ता परिवारलाई प्रत्येक बर्ष सम्मान गर्ने गरेको छ । विप्लवको हस्ताक्षरीत सम्मान पत्र, फलपूmल तथा नगदसहित अविर लगाएर सहिद परिवारलाई अभिनन्दन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया