अमेरिकालाई चेतावनी स्वरुप चीनले दक्षिण चीन सागरमा प्रहार गर्यो दुई मिसाइल !

काठमाडौं । अमेरिकालाई चेतावनी दिँदै चीनले बुधबार दुई मिसाइल दक्षिण चीन सागरमा प्रहार गरेको छ ।

China fires carrier killer missile

मध्यम दुरीमा निशाना साँध्न सक्ने दुई ब्यालेस्टिक मिसाइल चीनले अमेरिकालाई चेतावनीको रुपमा दक्षिण चीन सागरमा प्रहार गरेको साउथ चाइना मर्निङ पोस्टले खबर प्रकाशित गरेको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार ‘अमेरिकालाई चेतावनी दिन’ चीनले ‘एयरक्राफ्ट–करियर किलर’ प्रहार गरेको हो।

China fires carrier killer missile

चीनले आफ्नो ‘नो–फ्लाई जोन’ मा अमेरिकी जासूसी विमान छिरेको भन्दै त्यसको घोर निन्दा गरेको छ ।

China fires carrier killer missile

त्यसपछि रुष्ट बनेको चीनले प्रतिक्रियास्वरुप मिसाइल प्रहार गरेको हो ।

China fires carrier killer missile

एकदिन अघि मात्र उत्तरी क्षेत्रको बोहाइ नदीमा चिनियाँ नौसेनाले ड्रिल गरिरहेका बेला ‘यू–२’ नामक अमेरिकी जासूसी विमान त्यस क्षेत्रको आकाशमा प्रवेश गरेकोर आफ्ना सेनाको ड्रिल रेकर्ड गरेको चीनले बताएको छ ।

China fires carrier killer missile

एजेन्सीको सहयोगमा

China fires carrier killer missile

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?