काठमाडौं । अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ हजार भन्दा धेरै कैदीहरुको मृत्यु भएको छ ।
द अमेरिकन सिभिल लिबर्टीज यूनियन (एसीएलयू)ले बुधवार यो जानकारी दिएको हो ।
एसीएलयूले ट्वीट गरेर देशभरका जेलहरुमा रहेका १ हजार भन्दा धेरै कैदीहरुको कोरोनाका कारण मृत्यु भएको बताएको हो ।
अमेरिकामा अहिलेसम्म १ लाख ८३ हजार ६७७ जनाको मृत्यु भएको छ भने ६० लाख १ हजार १०३ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७३८ जना नयाँ संक्रमित थपिएका छन् भने २४ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म ३३ लाख १४ हजार ६६४ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख २ हजार ७६२ जना उपचाररत छन् ।
अमेरिकामा १६ हजार ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया