काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म कोरोनाबाट विश्वमा ८ लाख २८ हजार ८९० जनाको मृत्यु भएको छ भने २ करोड ४३ लाख २३ हजार ११५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ६८ लाख ६६ हजार ८९७ जना संक्रमण मुक्त भएका छन् भने ६१ हजार ७१५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ८३ हजार ६५३ जनाको मृत्यु भएको छ भने ६० लाख ३६५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३३ लाख १३ हजार ८६१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २५ हजार २ हजार ८५१ जना उपचाररत छन् ।
त्यस्तै अमेरिकामा १६ हजार ३७८ जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ । त्यस्तै अमेरिकाको क्यालिफोर्नियामा १२ हजार ५५० जनाको मृत्यु भएको छ भने ६ लाख ८७ हजार ५०० जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा ६ लाख २१ हजार ६७३ जनालाई संक्रमण भएको छ भने १२ हजार २७८ जनाको मृत्इु भएको छ ।
त्यस्तै फ्लोरिडामा ६ लाख ८ हजार ७२२ जनालाई संक्रमण भएको छ भने १० हजार ७३८ जनाको मृत्यु भएको छ ।
अमेरिकामा बुधवार मात्रै ४४ हजार ६३७ जना संक्रमित थपिएका छन् भने १ हजार २८९ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया