चीन अमेरिका बीच बढ्यो तनाव : चीन भन्छ, ‘अमेरिकाले हेप्यो’, अमेरिका भन्छ, ‘हाम्रो हक हो’ !

काठमाडौं । अमेरिका र चीनबीचमा फेरि एक पटक तनाव चरमउत्कर्षमा पुगेको छ ।

चीनले अमेरिकाका दुई एडवान्स्ड यू २ जासूसी विमान केहि दिन देखि आफ्नो सीममा घुसीरहेको छ । साथै ड्रिल रेकर्ड गरिरहेको छ ।

यो घटना उत्तरी चीनको भएको भनिएको छ । तर वास्तविक लोकेशन भने दिइएको छैन । साथै अमेरिकाले चीनको आरोपको खण्डन गर्दै हामीले कसैको नियम नतोडेको भनिरहेको छ ।

दुबै देशको यो तनाव बितेका केहि महिना यता अमेरिकाका दुई फाइटर जेट्स शंघाईको नजिक ७५ किलोमिटरको दू”रीमा धेरै समयसम्म उडान भरिरहेको देखिएपछि शुरु भएको हो ।

चीनले भन्यो यो नो फ्लाई जोन

चीनको मिनिस्ट्रीका प्रवक्ता वु क्विनले अमेरिकाको नेवीका दुई यू २ एयरक्राफ्टले उत्तरी क्षेत्रमा चीनको सेनाको अभ्यासको केहि घण्टासम्म बसेर जासूसी गर्यो, यसले हाम्रो ट्रेनिंगमा असर पर्यो, अमेरिकाले दुबै देशको सम्झौता तोड्यो ।

यसबाट सैन्य झडपको खतरा

भीनको सरकारी मिडियाले अमेरिकाको यो हर्कत धेरै खतरनाक हुन सक्ने बताएको छ । यदि उ चीनको सीमामा अब पनि घुस्यो भने सैन्य झडप हुनेछ ।

अमेरिकाले के भन्यो ?

अमेरिकाले चीनलाई उक्त आरोपविरुद्ध कुनै नियम नतोडेको जवाफ दिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?