दक्षिण कोरियामा ‘रेड अलर्ट’ जारी !

काठमाडौं । कोरोना संक्रमितको केस तीव्र गतिले बढेपछि दक्षिण कोरियामा रेड अलर्ट जारी गरिएको छ ।

दक्षिण कोरियाका अधिकारीहरुका अनुसार कोरोना भाइरस देशमा फेरि फैलिन लागेकोले रेड अलर्ट जारी गरिएको हो ।

एक चर्चबाट शुरु भएको संक्रमण अब दक्षिण कोरियाका सबै १७ प्रान्तमा फैलिसकेको छ । त्यहाँ चर्चसँग जोडिएका केसको संख्या ३१९ रहेको छ ।

 

यो जानकारी सेन्टर फर डिजीज कन्ट्रोलको कार्यालयले दिएको हो । दक्षिण कोरिया कोरोनासँग लड्ने रोल मोडल देश मानिएको छ ।

त्यहाँको स्वास्थ्य व्यवस्था उत्कृष्टमा गनिन्छ । सियोलको जनसंख्या करिव एक करोड रहेको छ । चर्चमा  प्रार्थना गर्न गएकाहरु धेरै संक्रमित भएको देखिएको छ । चर्चमा जाने र संक्रमित भएका युवाहरु धेरैजसो २० देखि ३० वर्ष उमेरका रहेका छन् ।

दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसका कारण ३१२ जनाको मृत्यु भएको छ भने १८ हजार २६५ जना संक्रमित रहेका छन् ।

त्यहाँ पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३२० जना संक्रमित थपिएका छन् ।

त्यहाँ १४ हजार ३६८ जना संक्रमण मुक्त भएका छन् भने ३ हजार ५८५ जना उपचाररत छन् । त्यहाँ ४३ जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?