काठमाडौं । गत महिनाहरुमा भारतीय सीमा क्षेत्रमा शक्ति प्रदर्शन गरेको चिनियाँ सेनाले अहिले हिन्दूहरुको धार्मिक स्थल कैलाश मानसरोवरमा सैन्य उपकरणहरु स्थापना गरिरहेको छ ।
इन्डिया टुडेका अनुसार उनीहरुले त्यहाँ सैन्य अभ्यासका लागि सैन्य सामग्रीहरु र सैन्य क्याम्पहरु स्थापना गरिरहँदा धार्मिक स्थलका लागिसमेत ठाउँ बाँकी राखेका छैनन् । स्याटेलाइट तस्वीरहरुका अनुसार हिन्दूहरुको धार्मिक स्थल कैलाश मानसरोवर अहिले युद्धस्थलमा रुपान्तरण भएको छ ।
त्यहाँ बृहतरुपमा सैन्य उपस्थिति र सैन्य सामग्रीहरु स्थापना गरिएका हुन् । भारत र चीनबीचको हिंसात्मक झडपपछि कैलाश मानसरोवरमा सैन्यीकरणको अभ्यास भइरहेको छ । यद्यपि लद्दाखको गलवान उपत्यकामा भएको हिंसापछि चिनियाँ सेना कुनै वैमनस्यतामा संलग्न छैन । दुबै राष्ट्रले चुपचाप सीमा सुरक्षा सुदृढ गर्दै आएका छन् ।
भारत(नेपाल लिपुलेक हुँदै मानसरोवर जाने सडकको विषयमा विवाद भईरहेका बेला चीनले मानसरोवरमा सैन्य उपस्थिति बढाएको हो । भारतले आफ्ना नागरिकहरुको कैलास मानसरोवर तीर्थयात्रा छोटो र सजिलो बनाउनको नेपाली भूमि हुँदै मानसरोवर जाने सडक निर्माण गरेको थियो । उक्त सडक निर्माणपछि भारत(नेपालबीचको सम्बन्धमा दरार पैदा भएको छ ।
सन् १९५० अघि यी क्षेत्रलाई भारतको हिस्साको रुपमा मानिएको जनाइएको छ । चिनियाँहरूले बलपूर्वक कैलास पर्वत, मानसरोवर र पूर्वी लद्दाखको केही अंश कब्जा गरेको थियो । चीनले लामो समयदेखि विभिन्न कारणले केही मार्गहरू बन्द गरेर मानसरोवरमा भारतीय पहुँच रोक्न खोजिरहेको छ ।
हालसालै उनीहरूले सार्वजनिक गरेको भिडियोहरू हेर्दा कैलाश मानसरोवर क्षेत्र नजिकै सैन्य ट्यांकहरु घुमेको देखिन्छन् । चिनियाँहरूले भारतीय वायुसेनासँग दुश्मनी सिर्जना गर्नसक्ने मार्गहरू रोक्नको लागि यस्तो गरिरहेको बताइएको छ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया