काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ८ लाख २३ हजार १८० जनाको मृत्यु भएको छ भने २ करोड ४० लाख ४८ हजार ८५६ जनालाई संक्रमित भएका छन् ।
त्यस्तै १ करोड ६५ लाख ९७ हजार ३१८ जना संक्रमण मुक्त भएका छन् भने ६१ हजार ७९३ जना जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसको कारण अहिलेसम्म १ लाख ८२ हजार ४०४ जनाको मृत्यु भएको छ भने ५९ लाख ५५ हजार ७२८ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३२ लाख ५४ हजार २८२ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख १९ हजार ४२ जना उपचाररत छन् ।
त्यस्तै १६ हजार ४६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म १२ हजार ४०७ जनाको मृत्यु भएको छ भने ६ लाख ८२ हजार ८५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा ६ लाख १५ हजार ६२० जनालाई संक्रमण भएको छ भने १२ हजार ७७ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा ६ लाख ५ हजार ५०२ जनालाई संक्रमण भएको छ भने १० हजार ५८५ जनाको मृत्यु भएको छ ।
अमेरिकामा मंगलवार ४० हजार ९८ जना संक्रमित थपिएका छन् भने १ हजार २९० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया