उत्तर कोरियाली शासक किम जोङ उन र उनका पिता किम जोङ इलले १९९० मा ब्राजिलको नक्कली पासपोर्ट हासिल गरेका थिए भन्ने प्रमाण भेटिएको छ, बीबीसी हिन्दीको सामग्री नयाँ पत्रिकामा छापिएको छ ।समाचार एजेन्सी रोयटर्सलाई ती दस्ताबेजको फोटोकपी प्राप्त भएको छ, जसमा जोङ उनलाई जोसेफ पाग देखाइएको छ ।जब कि पिताको नाम रिकार्डो र आमाको नाम मार्सेला लेखिएको छ । किम जोकिम जोङ उनका पिता किम जोङ इलको पासपोर्टमा उनको नाम आइजोङ तकोई बताइएको छ ।ब्राजिलको एक सुरक्षा एजेन्सीले रोयटर्सलाई बताएको छ— चेक रिपब्लिकको राजधानी प्रागस्थित ब्राजिलको दूतावासबाट जारी गरिएका यी दस्ताबेज हेर्दा बिल्कुलै सक्कली देखिन्छन् ।सुरक्षा एजेन्सीको अर्को एउटा सूत्रले बताएअनुसार यी दस्ताबेज पश्चिमी देशको भिसा हासिल गर्न गरिएको थियो ।तर, भिसा जारी गरियो अर्थात् यी दस्ताबेज उपयोग गरिएका थिए भन्नेचाहिँ पुष्टि गर्न सकिन्न । तर, उत्तर कोरियाली सत्तारुढ परिवारलाई नक्कली दस्ताबेजको आवश्यकता किन प-यो ?ब्राजिलको पासपोर्टसित किम जोङ उनको परिवारको नाम जोडिएको यो नै पहिलोपटक होइन । २०११ मा अधिकारीहरूलाई उद्धृत गर्दै जापानी मिडियाले किम जोङ उन आफ्ना भाइ जोङ चुलका साथ ब्राजिलको दस्ताबेजका आधारमा टेकियोस्थित डिज्नेल्यान्ड गएको उल्लेख गरेका थिए ।जोङ उनका सौतेनी दाइ जोङ नम २००१ मा डोमिनिकनको नक्कली पासपोर्टमा जापान प्रवेश गर्दै गर्दा पक्राउ परेका थिए ।किमका लागि यसरी नक्कली पासपोर्ट प्राप्त गर्नु खासै ठूलो विषय होइन, तर उनीहरूलाई यस्ता पासपोर्टको आवश्यकता किन प-यो होला ? ९० को दशकमा उत्तर कोरियालाई संरक्षण दिइरहेको सोभियत संघको विघटन भइसकेको थियो ।देशमा आन्तरिक रूपमा अनिकाल र शासकीय कठोरताका कारण बेहाल थियो । अर्बौं डलरको विदेशी ऋणमा डुबेको यो देश त्यतिखेर अन्तर्राष्ट्रियस्तरमा एक्लिँदै गइरहेको थियो ।पूरै विश्वमा शीतयुद्धपछिको कूटनीतिमा उत्तर कोरियाका मित्रको संख्यामा लगातार कमी आइरहेको थियो । यसबाट पनि यहाँका पासपोर्टको सीमित उपयोग थियो ।यी सबका बाबजुद बेलायती सुरक्षा टिंक ट्यांक च्याथम हाउसका उत्तर कोरिया विशेषज्ञ डा. जोन निल्सन राइटलाई आफ्नो शासनको दोस्रो वर्षमै किम जोङ इल नक्कली पासपोर्टमा विदेश गएको विषयमा अचम्म लाग्छ ।किमका लागि नक्कली पासपोर्ट प्राप्त गर्नु खासै ठूलो विषय होइन, तर उनीहरूलाई यस्ता पासपोर्टको आवश्यकता किन प-यो होला ?डा. राइटले बिबिसीको एक कार्यक्रममा भने– उनले यस्तो किन गर्न चाहेका होलान् र ? किम जोङ इल जोखिम उठाउन पटक्कै चाहँदैनथे । हामी सबैलाई थाहै छ कि उनले कैयौँ अवसरमा मस्को र बेइजिङको भ्रमण गरेका थिए ।तर, त्यसका लागि उनलाई पासपोर्ट आवश्यक नपरेको हुन सक्ने निकै सम्भावना छ । यसबाट त यही लाग्छ कि यो उनी र उनका छोराको उत्तर कोरियाबाट सम्भावित रूपमा जोगिएर निस्किने बाटो बनाउने प्रयास पनि हुन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया