काठमाडौं । उत्तर कोरियका तानाशाह किम जोङ उनको मृत्यु भएको खबर चारैतिर भाइरल बनिरहेको छ ।

केहि विशेषज्ञहरुले भने किम कोमामा रहेको दाबी गरिरहेका छन् ।

यसैबीच किमकी बहिनी किम यो जोंगले सत्ता सम्हालेको खबर पनि भाइरल बनिरहेको छ ।

यसको साथै किम कोमामा रहेको अट्कलका बीच उत्तर कोरियामा अलर्ट घोषणा गरिएको छ । यो खबर त्यो समय सारा विश्वमा सार्वजनिक भएको छ, जब उत्तर कोरियाले आफ्नो वेबसाइटमा स्मोकिंगलार्य लिएर नयाँ सल्लाह जारी गरेको छ ।
किम जोङ चेन स्मोकर हुन् र अन्य मानिसहरुलाई स्मोकिङ छोड्न सल्लाह दिएको छ । यसैबीच किम लामो समयसम्म कोमामा रहन सक्ने बताइएको छ ।

यसलाई मध्यनजर गर्दै बहिनी किम यो जोङले सत्ता सम्हाल्नेछिन् । यो पनि भनिएको छ कि, किम यो जोङ आफ्नो भाई भन्दा पनि धेरै क्रुर तानाशाह हुन सक्छिन् ।
उत्तर कोरियाली मामिलाका जानकार अमेरिकी सेनालका एक रिटायर कर्नल डेभिड म्याक्सवेल भने, मैले यस्तो कुनै प्रमाण देखेको छैन र कुनै संकेत पनि पाएको छैन कि, किम यो जोङले कसरी शासन गर्छिन्, तर म भन्छु, उनी परिवारको जसरी नै क्रुर तरिकाले शासन गर्नेछिन् ।

दक्षिण कोरियाका पूर्व राष्ट्रपति किम डे जंगका अफिसर रहेका चान्ग सोन्ग मिनले किम जोङ कोमामा रहेको दाबी गरेका थिए ।

त्यसबाहेक उत्तर कोरियामा लामो समय बिताएकी पत्रकार रोय क्यालीले उत्तर कोरियामा मानिसहरु को कस्तो हो भन्ने बारेमा समेत गोप्य राख्ने भएकोले केहि भन्न नसक्ने बताएकी छन् ।

उनले भनिन्, ‘मलाई लाग्छ कि, उनको मृत्यु भईसक्यो, तर त्यो एउटै देश उत्तर कोरिया नै हो, जसको बारेमा केहि भन्ने सकिँदैन ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया