काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।
चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम सातामा देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।
वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् तर पूर्णरुपमा यसको भ्याक्सीन भने बनाउन सकेका छैनन् ।
यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ब्लड प्लाज्माबाट कोरोना संक्रमितलाई सुरक्षित राख्न र उपचार हुने प्रमाण धेरै कम रहेको बताएको छ ।
![]()
डब्ल्यूएचओका चीफ साइन्टिस्ट सौम्या स्वामीनाथनले सोमवार ट्रम्पको तर्फबाट अमेरिका प्लाज्माबाट उपचार गर्न दिइएको आदेशबारे यस्तो बताएकी हुन् ।
अमेरिकामा यसबारे धेरै अनुसन्धान पनि भईरहेको छ ।
अमेरिकी साइन्टिस्ट र ह्वाइट हाउसका कोरोना टास्क फोर्सका सदस्य डा. एन्थोनी फाउसीले हतारमा कोरोना भ्याक्सीनको स्विकृति दिन नहुने बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया