काठमाडौँ, २१ फागुन- नयाँ सरकार बनेसँगै सुध्रिन्छ भन्ने आशमा बसेका लगानीकर्तालाई आइतवार सेयर बजारले नराम्रो झट्का दिएको छ ।एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेपछि डा. युवराज खतिवडाले अनुत्पादक क्षेत्रको लगानीलाई निरुत्साहित गर्ने अभिव्यक्ति दिँएसँगै पुँजी बजारमा पहिरो गएको हो ।अर्थमन्त्रीको खतिवडाको त्यस अभिव्यक्तिको प्रभाव यति धेरै पर्यो कि पुँजी बजारका लगानीकर्ताले आइतवार एकै दिन ४७ अर्ब रुपैयाँ गुमाउन पुगेका छन् ।बिहान बजार खुल्नेबित्तिकै रेड कार्पेट ओछ्याउन थालेको सेयर बजारमा बजार बन्द हुनुअघिसम्म ४१.५६ प्रतिशतले घट्दा लगानीकर्ताकव ४७ अर्ब रुपैयाँ गायब भएको हो ।केही महिनादेखि निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार आइतवार दुई वर्षअघिकै न्यून बिन्दुमा आइपुगेको छ । यसअघि पुँजी बजार २०७२ फागुन २० गते १३०० अंकमा ओर्लेको थियो । ठीक दुई वर्षपछि सेयर बजारको अवस्था त्यस्तै दयनीय भएको हो । आजको दिन ४१.५६ अंकले ओरालिँदै बजार परिसूचक नेप्से १३०४.४३ अंकमा आएको छ ।आइतबार कारोबार जारी रहेका बेला सेयर बजार १३०० अंकबाट तल झरेको थियो । तर बजार बन्द हुनुअघिसम्म बजार केही थामिँदै १३०० बिन्दुमा पुगेर रोकिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया