अमेरिकामा कोरोनाको कारण १ लाख ८० हजार बढीको गयो ज्यान

काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ८० हजार ७ सय ७३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १७ हजार ३ सय ७१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५ लाख ९१ हजार ५ सय १७ पुगेको छ । हालसम्म ३१ लाख ७० हजार ७ सय ९२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १९ हजार १ सय ७१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ६९ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख १४ हजार ३ सय ५१ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ३७ लाख ४ हजार ७ सय ८८ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ६१ लाख ४३ हजार २ सय ५९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ८ सय ३१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?