काठमाडौं । अमेरिकामा कोरोना भाइरसको महामारी दिनदिनै बढ्दै गईरहेको छ । हजारौँ संख्यामा दिनप्रतिदिन कोरोना संक्रमितहरुको संख्या अमेरिकामा बढीरहेको छ ।
यसैबीच अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमितको उपचार गर्न प्लाज्मा थेरापीलाई अनुमति दिएका छन् ।
अमेरिकाको खाद्य तथा औषधि प्रशासन –एफडीए) ले पनि कोरोना संक्रमितको उपचारका लागि प्लाज्मालाई आपत्कालीन उपयोग गर्न सहमति जनाएको छ ।
यसबाट ३० देखि ५० प्रीतशत संक्रमितको ज्यान बच्न सक्ने बताइएको छ । यसको दाबी अमेरिकाका स्वास्थ्य मन्त्री एलेक्स अजार र एफडीए कमिश्नर स्टीफन ह्यानले यसको घोषणा गरेका छन् ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ८० हजार ६०४ जनाको मृत्यु भएको छ भने ५८ लाख ७४ हजार १४६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३१ लाख ६७ हजार ६३ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख २६ हजार ४७९ जना उपचाररत छन् ।
त्यस्तै १६ हजार ७१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
क्यालिफोर्नियामा अहिलेसम्म १२ हजार १५२ जनाको मृत्यु भएको छ भने ६ लाख ७० हजार ५५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा ६ लाख ४ हजार ३०३ जनालाई संक्रमण भएको छ भने ११ हजार ८१२ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा अहिलेसम्म १० हजार ३३३ जनाको मृत्यु भएको छ भने ६लाख ५७१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै अमेरिकामा आईतवार ३२ हजार ७१८ जना संक्रमित थपिएका छन् भने ४३० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया