काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । कोरोना भाइरसका कारण अहिलेसम्म ८ लाख १२ हजार ५१३ जनाको मृत्यु भएको छ भने २ करोड ३५ लाख ८३ हजार ६१६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १ करोड ६० लाख ८० हजार ५७३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार ५१३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ८० हजार ६०४ जनाको मृत्यु भएको छ भने ५८ लाख ७४ हजार १४६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ३१ लाख ६७ हजार ६३ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख २६ हजार ४७९ जना उपचाररत छन् ।
त्यस्तै १६ हजार ७१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
क्यालिफोर्नियामा अहिलेसम्म १२ हजार १५२ जनाको मृत्यु भएको छ भने ६ लाख ७० हजार ५५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा ६ लाख ४ हजार ३०३ जनालाई संक्रमण भएको छ भने ११ हजार ८१२ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा अहिलेसम्म १० हजार ३३३ जनाको मृत्यु भएको छ भने ६लाख ५७१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै अमेरिकामा आईतवार ३२ हजार ७१८ जना संक्रमित थपिएका छन् भने ४३० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया