काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख १० हजार ३ सय ७९ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ३४ लाख ७८ हजार १ सय ४ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ५९ लाख ९५ हजार १ सय ४७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ६ सय २९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ८० हजार ३ सय ८६ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १४ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५८ लाख ५६ हजार ३ सय ४६ पुगेको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ६ हजार ७ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ३५ लाख ९ हजार ४ सय ६९ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख १४ हजार ४ सय ६९ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २७ लाख ९ हजार ६ सय ३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ९२ जनाको ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५७ हजार २ सय ६३ पुगेको छ । बितेको २४ घण्टामा ३७ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३० लाख ८० हजार ४ सय ८३ पुगेको छ । हालसम्म २३ लाख १३ हजार ५ सय १० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ४ सय १७ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १६ हजार ३ सय ८३ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ८ सय ५२ जनामा कोरोना पुष्टि भएको र ७३ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख ५६ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ७ लाख ७० हजार ६ सय ३९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार ९ सय ८७ पुगेको छ । हालसम्म ६ लाख ७ हजार ४५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ५ लाख ४ हजार १ सय २७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया