अमेरिकामा कोरोना महामारी : ५८ लाख ५६ हजार नाघे संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख १० हजार ३ सय ७९ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ३४ लाख ७८ हजार १ सय ४ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट १ करोड ५९ लाख ९५ हजार १ सय ४७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ६ सय २९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ८० हजार ३ सय ८६ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १४ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५८ लाख ५६ हजार ३ सय ४६ पुगेको छ ।

हालसम्म ३१ लाख ५२ हजार १ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १७ हजार ६ सय ७८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र २ सय १२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?