विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन

काठमाडौं । कोरोना कालमा विश्वका सबैभन्दा वृद्ध व्यक्तिको निधन भएको छ । अफ्रिकाका फ्रेडी ब्लोमको ११६ वर्षको उमेरमा निधन भएको हो ।

उनले ४ महिना अगाडि मात्र आफ्नो ११६ औँ जन्मोत्सव मनाएका थिए ।

उनको निधन कोरोनाबाट भएको हो वा होइन भन्ने बारेमा अहिलेसम्म केहि खुल्न सकेको छैन । उनको जन्म ८ मे सन् १९०४ मा भएको थियो ।

उनी सिगरेटका शौकिन रहेको बताइएको छ । उनको सारा परिवारको १०० वर्ष पहिला नै मृत्यु भईसकेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?