काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरसको महामारीमा १२ वर्ष भन्दा माथिको उमेरका मानिसहरुको लागि मास्क लगाउनेको विषयलाई लिएर नयाँ नियम बनाएको छ ।
नयाँ नियमका अनुसार १२ वर्ष भन्दा माथिका मानिसहरुले मास्क अनिवार्य रुपम प्रयोग गर्नुपर्ने हुन्छ ।
शीर्ष स्वास्थ्य एजेन्सीले बच्चाबाट कोरोना भाइरस फैलिने खतरा कति हुन्छ भन्ने बारेमा अहिलेसम्म पत्ता नलागेको बताएको छ ।
५ वर्ष भन्दा सानो उमेरका बच्चाहरुले मास्क नलगाउनू
डब्ल्यूएचओको गाइडलाइन्सका अनुसार ५ वर्ष भन्दा कम उमेरका बच्चाहलरुले मास्क लगाउनु हुँदैन ।
त्यस्तै ६ देखि ११ वर्षका बच्चाहरुले परिवारले उनीहरुलाई मास्क लगाउन र खोल्न सहयोग गर्नुपर्नेछ ।
साथै उनीहरु गएको स्थानको ध्यान दिनुपर्नेछ । ६० वर्ष भन्दा कम उमेरको आयुका मानिसहरुले कपडाको मास्क लगाउनु पर्ने डब्ल्यूएचओले बताएको छ ।
यो भन्दा माथि आयुका मानिसहरुले मेडिकल मास्क लगानुपर्ने डब्ल्यूएचओले बताएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया