काठमाडौं । टर्कीले समुन्द्रको गहिराईमा एक ठूलो संख्यामा बहुमूल्य खजाना भेट्टाएको छ ।
समुन्द्रको गहिराईमा भेटिएको यो खजाना देशका लागि ठूलो उपलब्धि भएको बताइएको छ ।
त्यहाँ प्राकृतिक ग्याँस फेला परेको बताइएको छ ।यो कुराको पुष्टि टर्कीका राष्ट्रपति रेच्याप तैय्यपले बताएका छन् ।
यो जानकारी उनले शुक्रवार दिएका हुन् । टर्कीको कालो सागर तटमा एक ठूलो परिणामको प्राकृतिक ग्यासको भण्डार फेला परेको हो ।
यसबाट टर्कीमा प्राकृतिक ग्याँसको आयतमा कम हुने बताइएको छ ।
राष्ट्रपतिका अनुसार खाजिएको यो प्राकृतिक ग्याँस रिजर्भको मात्रा ३२० बिलियन क्यूबिक मीटर रहेको छ ।
यो ग्यास निकाल्न २०२३ सम्ममा सफल हुने विशेषज्ञहरुको भनाई छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया