कपिलवस्तु, २० फागुन । यहाँको विजयनगर गाउँपालिका–७ मानपुर डाँडाको एक घरमा शनिबार आगलागी हुँदा बालिकाको मृत्यु भएको छ अबहोरी यादवको फुसको घरमा बालेको आगो ननिभाउँदा हावाहुरीले आगो सल्ँिकदा यादवकी दुई वर्षीया नातिनी राजकुमारी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए बालिकालाई घरभित्र सुताएर बाहिर काममा निस्केका परिवारले घरमा आगो लागेको थाहा पाए पनि आगो नियन्त्रणमा आउन नसकेपछि बालिकालाई बचाउन सकेनन् । आगलागीबाट घरमा रहेका सात बाख्रा पनि जलेर मरेका छन् भने ३० हजार नगदसहित तीन लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले बताएको छ । गाउँपालिका भए पनि दमकल नहुँदा आगो नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो स्थानीय समुदाय र प्रहरीको सक्रियातामा आगलागी नियन्त्रणमा आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया