कुन प्रदेशमा कति जना संक्रमण मुक्त ? (पछिल्लो विवरणसहित)

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप २ सय ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या १७ हजार ९ सय ६४ जना रहेका छन् ।

कुल संक्रमित मध्ये ६१ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा ११४४ जना

प्रदेश २ मा ३८७७ जना

वाग्मती प्रदेश ७२४ जना

गण्डकी प्रदेशमा १५७५ जना

प्रदेश ५ मा ४३२८ जना

कर्णाली प्रदेशमा १९७० जना

सुदूरपश्चिम प्रदेशमा ४३४६ जना

 

नेपालमा आज (बिहीवार) थप ७०७ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २९ हजार ६४५ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १२६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?