काठमाडौंसहित यी ६ जिल्लामा छन् ५०० भन्दा बढि उपचाररत कोरोना संक्रमित

काठमाडौं । नेपालमा आज (बिहीवार) थप ७०७ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २९ हजार ६४५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार यी ६ जिल्लामा छन् ५०० भन्दा बढि उपचाररत कोरोना संक्रमित

  • काठमाडौं
  • मोरङ
  • पर्सा
  • रौतहट
  • महोत्तरी
  • सर्लाही

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १२६ जनाको मृत्यु भएको छ । नेपालमा बितेको २४ घण्टामा थप २ सय ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या १७ हजार ९ सय ६४ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?