काठमाडौं, १९ फागुन । सरकारी कागज किर्ते गरेको अभियोगमा फरार अभियुक्तको सूचीमा रहेका सांसद तथा पूर्व डिआईजी नवराज सिलवाल संसद भवन नयाँ वानेश्वरमा भएको संयुक्त प्रशिक्षणमा सहभागी भएका छन् केही समयअघि गोप्य स्थानमा रहेका सिलवाल केपी ओली प्रधानमन्त्री बनेपछि बाहिर देखिन थालेका हुन् । उनीमाथि प्रहरी कर्मचारीको अति गोप्य रहने कार्यसम्पादन मुल्यांकन किर्ते गरेको अभियोग लागेको छ गत पुस १८ गते महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवालाई पक्राउ गरेर उपस्थित गराईदिन ललिपुर प्रहरीलाई पत्राचार गरेको थियो । त्यसलगत्तै उनी मलेसिया पुगेका थिए सिलवाललाई ललितपुर प्रहरीले पक्राउ गर्न नसकेपछि माघ ३ गते प्रहरीको अपराध अनुसन्धान विभागले देशभरका प्रहरी यूनिटलाई ‘सिलवाललाई पक्राउ’ गर्न पत्राचार गरेको थियो । केही समयपछि इन्टरपोलसम्म पनि खबर गरियो तर शनिबार उनी आफैलाई खोज्न लागिपरेको प्रहरीकै अघिबाट ‘सलाम खाँदै’ संसद भवन छिरेका छन् । सिलवाललाई देखेपछि प्रहरीले पक्राउ गर्नुको साटो ‘जय नेपाल सर’ भन्दै सलाम ठोकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया