औँशीकै दिन जन्मिए, औँशीकै दिन अस्ताए राष्ट्रकवि

काठमाडौं । स्वर्गीय राष्ट्रकवि माधव प्रसाद घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुन् । उनै देशका होनहार व्यक्तित्वको मंगलबार निधन भएको छ ।

संयोग के परेको छ भने उनको जन्म औँशी तिथिमा भएको थियो भने निधन पनि औँशी तिथिमै भएको छ । भोलि औँशि भनिएपनि आज नै तिथि शुरु भइसकेको बताइएको छ ।

यो पनि पढ्नुहोस् : राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

उनको जन्म १९७६ असोज ७ गते भएको थियो । उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख जस्ता विधामा निरन्तर सक्रिय रहेर आफ्नो राख्न सफल भए ।

उनले १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाएर साहित्य यात्रा सुर गरेका थिए । उनका नवमञ्जरी, घामपानी , नयाँ नेपाल , किन्नरकिन्नरी जस्ता कवितासङ्ग्रह सङ्कलित छन् । उनलाई राष्टकविको उपाधिले सम्मान गरिएको थियो ।

२००४ सालमा उनको जीवनसंगिनी गौरीको निधन भएपनि उनले गौरी नामक शोककाब्य लेखेका थिए । उनले लेखेको राष्ट्रिय गीत गाउँछ गीत नेपाली अहिले पनि उत्तीकै चर्चित छ ।

यो पनि पढ्नुहोस् : राष्ट्रकवि घिमिरेको आजै अन्त्येष्टी गरिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?