काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ ।
मंगलवार १ सय १ वर्षको उमेरमा निवासमा निधन भएको काठमाडौं महानगरपालिका वडा नं २६ का वडाध्यक्ष खेम तिवारीले जानकारी दिए ।
उनको जन्म वि.स. १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको हो ।
घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्।
उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया