काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा निधन भएको छ । मंगलवार साँझ उनकै निवासमा निधन भएका घिमिरेको आज नै अन्त्येष्टी गरिने उनको पारिवारिक स्रोतले जनाएको छ । उनको २ छोरा र ६ छोरी रहेका छन् ।
वि.स. १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको जन्मिएका घिमिरेलाई नेपाली साहित्यका धरोहरका रुपमा हेरिन्छ ।
घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार समेत हुन्।
उनी बाल्याकालदेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुन्।
यो पनि
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया