आफ्नै नवजात शिशुको हत्या गर्ने आमा पक्राउ

काठमाडौं । पोखरामा आफ्नै नवजात शिशुको हत्या अभियोगमा एक महिला पक्राउ परेकी छिन् । गएको शनिबार दिउँसो करिब १ बजेको समयमा नवजात शिशुको शव फेला परेको सूचना पाएपछि प्रहरीले खोजतलास शुरु गरेको थियो ।

कास्की रुपा गाउँपालिका वडा नम्बर ३ टाकान्जा भन्ने स्थानमा नवजात शिशुको शव फेला परेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय हंशपुर मुकाम डाँडाकोनाकबाट समेत अनुसन्धानको लागि टोली खटिएको थियो ।

अनुसन्धानको क्रममा आइतबार गाउँपालिकाको वडा नम्बर ४ बाट नवजात शिशुकी आमालाई समातिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।

प्रहरीका अनुसार ३३ वर्षिया रिता मल्ल सिंह नाम गरेकी महिलाले नवजात शिशुको हत्या गरि फालेकी थिइन् । तनहुँ व्यास नगरपालिका वडा नम्बर ६ स्थायी घर भई कास्कीको रुपा गाउँपालिका वडा नम्बर ४ खाल्टे बस्दै आएकी रितालाई प्रहरीले नवजात शिशुको हत्या अभियोगमा समातेको छ । प्रहरीले उनलाई रुपा गाउँपालिका खाल्टेबाटै समातेको थियो ।

हत्या अभियुक्त रिता लाई ज्यान सम्बन्धी कसुर अन्तर्गत अन्तर्गत जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गराएर ७ म्याद थपेर अनुसन्धान अघि बढाइएको डिएसपी हमालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?