काठमाडौं । फुटबल जगतकै एक सर्वाधिक प्रतिष्ठित प्रतियोगिता कोरोना महामारीकैबीच सेमिफाइनलमा पुगेको छ । शनिबार राति भएको अन्तिम क्वाटरफाइनल खेलमा जितसँगै लियोन च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको हो ।
अन्तिम क्वाटरफाइनलको खेलमा लियोनल म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।
त्यस्तै, जर्मन क्लब बायर्न म्युनिख र आरबी लाइपजिग तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र लियोनले सेमिफाइनलमा प्रवेश गरी सकेका छन् । अब सेमिफाइनलमा पीएसजीले लाइपजिगसँग अगस्ट १९ मा भिड्ने छ भने बायर्नले लियोनसँग अगस्ट २० मा भिड्ने छ ।

च्याम्पियन्स लिगको सेमिफाइनसम्म आइपुग्दा दुई फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी कुने पनि खेलमा देखिने छैनन् । १५ वर्षपछि रोनाल्डो र मेस्सीबिना च्याम्पियन्स लिगको सेमिफाइनल खेल हुन लागेको हो ।
सन् २००४र०५ सिजनपछि रोनाल्डो र मेस्सी प्रतियोगिताको अन्तिम चारमा प्रवेश नगरेको यो पहिलो च्याम्पियन्स लिग हो । रोनाल्डोको टिम युभेन्टस अन्तिम १६ मा लियोनसँग स्तब्ध बनेको थियो । त्यस्तै, मेस्सीको टिम बार्सिलोना क्वाटरफाइनलमा बायर्नसँग पराजित भएको थियो ।
मेस्सीले हालसम्म चार पटक च्याम्पियन्स लिग जितेका छन् । यस्तै रोनाल्डोले पाँच पटक च्याम्पियन्स लिग जितेका छन् ।
युरोपियन फुटबलका स्टार भनिने स्पेनिस, इंग्लिस र इटालियन लिगका क्लबबिना ३० वर्षपछि यूईएफए च्याम्पियनस लिगको सेमिफाइनलमा समिकरण तयार भएको छ ।च्याम्पियनस लिगको फाइनल खेल भने २३ अगस्टमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया