गोंगबु हत्या प्रकरणमा संलग्न एक महिला पक्राउ

काठमाडौं । आइतवार बिहान राजधानीको गोंगबुमा भएको हत्या प्रकरणमा संलग्न एकलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार चितवन टाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरिएको प्ल जनाएको छ । प्रहरीका अनुसार शाहीलाई पक्राउ गरि काठमाडौं ल्याउँन लागिएको छ ।

पक्राउ परेकी महिला कलाकार समेत रहेको बुझिएको छ ।

आइतवार दाङका कृष्णबहादुर बोहराको हत्या गरेर फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । मृतकको टाउको, ज्यान र खुट्टा फरक फरक स्थानमा भेटिएको थियो । प्रहरीले उनको सनाखत गर्न अफ्ठयारो भएपछि उनको तस्वीर सार्वजनिक गर्दै सर्वसाधारणलाई समेत उनको शव पहिचानको लागि प्रहरीले आग्रह गरेको थियो ।

आर्थिक लेनदेनको कारण बोहराको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

राजधानीकै एक गार्मेन्टमा काम गर्दै आएका उनको घर ठेगाना पत्ता लागेसँगै प्रहरीले थप अनुसन्धान गरिरेहको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?