भक्तपुरका ४ जनालाई कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा भक्तपुरका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा नेपाल प्रहरी अस्पताल प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा भक्तपुरका १ जना र स्टार अस्पताल प्रयोगशाला सानेपामा गरिएको स्वाब परीक्षणमा भक्तपुरका ३ जनामा गरि भक्तपुरमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज भेटिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा आज (सोमवार) थप ३३८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ७९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १४० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ४९३ पुगेको छ ।

नेपालमा हिजो (आईतवार) ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?