काठमाडौं । पर्सामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा वीरगन्ज १० आदर्शनगरका ५७ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए ।
यस्तै गत साउन २० गते राति आफनै घरमा मृत्यु भएका वीरगन्ज ११ मुर्लीका ८० वर्षिय बृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । आजै स्वास्थ्य मन्त्रालयले कोरोनबाट ५ जनाको मृत्यु भएको जानकारी दिएको थियो भने मृतकको संख्या पर्साको विवरण समावेश थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया