चिनियाँ दूतावासद्वारा सरकारी ल्याबको रिपोर्ट अस्वीकार

चिनियाँ दूतावासले आफ्ना नागरिकले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराएर पेस गरेको पीसीआर रिपोर्ट अस्वीकार गरेको छ । नेपाली सेनाले चीनबाट खरिद गरेको बायो टेक सन सियोर कम्पनीको १ एमएलको भीटीएममा चिनियाँको स्वाब संकलन गरिएको थियो ।
स्वदेश फर्किन लागेका चिनियाँ नागरिकको पीसीआर गरिदिन भन्दै काठमाडौं महानगरपालिकाको वडा नं. २६ को कार्यालयले सिफारिस गरेपछि शुक्रबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले ५९ जनाको स्वाब संकलन गरेको थियो । ईडीसीडीका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलको टोली स्वाब संकलन गर्न ठमेलको ज्याठास्थित एक होटलमा गएका थिए । प्रयोगशालाले बुधबार दिएको रिपोर्ट दूतावासमा पेस गर्दा अस्वीकार भएको वडाध्यक्ष ख्यामराज तिवारीले बताए । ‘ठमेलका होटल व्यवसायीहरूले चिनियाँ नागरिकको पीसीआरका लागि सिफारिस गरिदिन भनेपछि मैले टेकुमा पत्र लेखिदिएको थिएँ । सबैको रिपोर्ट नेगेटिभ आएछ,’ उनले भने, ‘त्यही रिपोर्ट लिएर चिनियाँहरू दूतावास जाँदा अस्वीकार भयो । त्यसपछि स्टार अस्पतालले उनीहरूको स्वाब संकलन गरेको छ ।’कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?