उपत्यकामा एकै दिन थपिए १०२ संक्रमित

अस्पतालमा शय्या अभावले काठमाडौं उपत्यकामा मंगलबार संक्रमण पुष्टि भएका मध्ये १४ जनालाई घरमै राख्नुपरेको थियो । उनीहरूमध्ये केहीलाई बुधबार बिहान केएमसी अस्पताल दुवाकोट र कीर्तिपुरको आयुर्वेद अस्पतालको आइसोलेसनमा राखियो । उपत्यकामा बुधबार १ सय २ जना संक्रमित थपिए । यीमध्ये अधिकांश उपत्यका बाहिरबाट आएकाहरू हुन् ।
संक्रमित थपिएसँगै व्यवस्थापन गर्न समस्या भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?