‘दास’ भन्दै प्रचण्ड पड्किएपछि…..

‘मलाई अचम्मचाहिँ के लाग्न थाल्यो भने, तपाईंहरूजत्तिको नेता भनिएका मान्छे नेता नभएर दासजस्तो किन हुनुभा’छ ?ः’
शुरुमै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अरु दिनभन्दा फरक किसिमले यसरी पेश भएपछि पहिला शंकर पोखरेलले जवाफ दिए, ‘यो डेडलक खुलाउने सन्दर्भका विषयहरूलाई जे–जसरी अर्थ लगाए पनि आखिरमा हामीले चाहेको, तपाईंले चाहेको कुरा एउटै न हो, निकास…!’

अनि, प्रचण्डले महासचिव विष्णु पौडेलतिर हेरेर भने, ‘तपाईं त पार्टीको महासचिव हो नि ! महासचिवको जस्तो भूमिकामा आउनुप¥यो ।’

यसरी पार्टीका एउटा अध्यक्षको सन्देशवाहक भएर पुगेका जिम्मेवार नेताहरूलाई अर्का अध्यक्षले त्यस्तो संज्ञा दिएपछि शनिबारको खुमलटार भेटघाटमा केही असहजता देखियो । यस्तो हुनुको कारण थियो, प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको सन्देश लिएर पुगेका नेताहरूले एकोहोरो उतैको कुरामात्र सुनाउनु र त्यसैलाई मानिदिनुपर्ने प्रस्ताव दोहो¥याइरहनु । यस्तो भएपछि प्रचण्डले ‘पार्टी नेताले त पार्टी मिलाउने गरी पो कुरा गर्नुपर्छ, कुरा यस्तो छ, यसमा मानिदिनुस् भन्ने पनि कुनै प्रस्ताव हुन्छ ?’ भन्दै असन्तुष्टि पाखेको बताइन्छ ।

खासमा विष्णु पौडेल, शंकर पोखरेल र जनार्दन शर्माहरू दुई सातादेखि अवरुद्ध दुई अध्यक्षबीचको संवाद सुचारु हुनुपर्ने ध्येयसहित त्यहाँ पुगेका थिए । प्रचण्डले शुरुमै भने, ‘निकास निकाल्ने हो भने वार्ता गरौँ ।’ अनि, थपे ‘केपीजीमा हामीले सोचेकोभन्दा बढी र अचम्मखालको अहं देखियो । यस्तो अहंले पार्टी र मुलुकलाई क्षति गर्नेबाहेक अर्को निकास दिँदैन ।’
त्यसपछि आइतबार र सोमबार पूर्व एमाले अध्यक्ष झलनाथ खनालको उपस्थितिबीच कुराकानी त चले । तर, निकास भने निस्किएन । बरु, दुबैतिर आ–आफ्नो ढंगका कुराकानी चलिरहेका छन् । विष्णु र शंकरले शनिबार ‘मंसिरमा महाधिवेशन गरौँ, तपाईं त्यही महाधिवेशनबाट अनुमोदित अध्यक्ष बन्ने’ भनी बालुवाटारको सन्देश राखेका थिए ।
तर, यति कुरा राखेर विष्णु र शंकरले सुनाए, ‘उहाँ (ओली) चाहिँ वार्ता गर्दिनँ, मेरो कुरा यही हो, यसमा मानेर जाऔँ भन्नुहुन्छ ।’ यसपछि हो, ‘दास’ भन्दै प्रचण्ड पड्किएको ।

‘पार्टीमा विधि–प्रक्रिया भन्ने कुरा पनि पालना गर्नुपर्छ । मलाई यसो गर्न मन लाग्यो, यसैमा मिलाएर जाऔँ भन्ने हुँदैन । मैले यतातिर (पूर्वमाओवादी) का साथीहरूलाई आ–आफ्नो हिसाबले घटनाको विश्लेषण गर्ने, पक्षधरता अपनाउने कुरामा खुल्ला छोडिदिएको छु त † त्यताचाहिँ के समस्या प¥यो ? मान्छेहरूलाई दासै बनाउनुपर्छ भन्ने के छ ? इश्युमा कुरा मिल्छ, साथ रहला, इश्युमै मतभेद हुन्छ भने त्यस्तो कृत्रिम साथको केही अर्थ हुँदैन । कतिपय पूर्वमाओवादीका साथीहरूलाई केपीजीको इश्यु ठीक लाग्छ भने जता ठीक लाग्छ उतै रहने सुविधा दिइएको छ । के उहाँले चाहिँ तपाईंहरू जत्तिको नेतालाई दासकै रुपमा प्रयोग गरिरहने र तपाईंहरू पनि त्यसरी नै प्रयोग भइरहने हो त ? यदि हो भने यसरी कुरा मिल्दैन । तपाईंहरू नेता भएर आउनुस्, दास भएर होइन ।’ जनआस्था साप्ताहिमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?