काठमाडौं – आज सोमबार प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोकोले सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । ति बाहेक अन्य स्थानमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
विभागका अनुसार आज राति प्रदेश १ र वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
यसैबीच, भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले अलर्टमा बस्न अनुरोध गरिएको छ ।
यसपटक मनसुन सक्रिय भएसँगै बाढी पहिरो र डुबानका समस्या अतयाधिक बढेका छन् । ठूलो जनधनको क्षति भएको छ ।
उता गएराति मेलम्चीमा गएको पहिरोमा बेपत्ता हुनेहरूमा ७ जना विरगञ्ज र १ जना भारतको नागरिक रहेको खुलेको छ ।
इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार पहिरोमा पुरिनेहरू मेलम्ची कभर्डहल निर्माण गर्ने कामदारहरू हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया